भिमाद सञ्चार
तनहुँ २०८३ श्रावण १७
तनहुँ , । विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) को पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा निधन भएको पुष्टि भएको छ। पुर्जा संस्थापक रहेको इलाइट एक्सपेडले सामाजिक सञ्जालमार्फत उनको निधनको जानकारी दिएको हो।
गत १४ साउन ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आएको हिमपहिरोमा पुर्जासहित १० जना आरोही बेपत्ता भएका थिए, जसमध्ये ६ जना नेपाली थिए। घटनापछि खोज तथा उद्धार कार्य जारी रहे पनि उनको निधन पुष्टि भएसँगै नेपाली पर्वतारोहण क्षेत्रमा शोक छाएको छ।
म्याग्दीमा जन्मिएका पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए। पर्वतारोहण क्षेत्रमा उनको योगदानलाई नेपालले लामो समयसम्म स्मरण गर्नेछ।










