भिमाद सञ्चार

तनहुँ २०८३ श्रावण १८
तनहुँ ,  भूमि व्यवस्थापन तथा अभिलेख विभागले छुट जग्गा दर्तासम्बन्धी निवेदन र कारबाहीलाई एकरूप र छिटो टुंग्याउन सबै भूमि प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।


विभागले मालपोत ऐन तथा संशोधित मालपोत नियमावलीअनुसार तोकिएको समयभित्र प्राप्त भएका तथा विचाराधीन सबै निवेदनलाई कानुनी प्रक्रिया पूरा गरी समयमै अन्तिम निर्णयमा पुर्‍याउन आग्रह गरेको छ।
यस निर्देशनसँगै छुट जग्गा दर्ताका पुराना निवेदनसमेत प्राथमिकताका साथ फर्छ्योट गरी सेवाग्राहीलाई छिटो सेवा उपलब्ध गराउने अपेक्षा गरिएको विभागले जनाएको छ।