भिमाद सञ्चार
तनहुँ २०८३ श्रावण १८
दमौली, — तनहुँ प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

भानु प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले व्यास नगरपालिका–१ ब्यासचोक क्षेत्रमा चेकजाँचका क्रममा मोटरसाइकलमा बोकेको करिब २ केजी गाँजा बरामद गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति गोरखा जिल्लाको गण्डकी गाउँपालिका–६ निवासी पुरुष हुन्। गाँजासहित मोटरसाइकल नियन्त्रणमा लिई थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँले घटनाबारे सम्मानित तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ।












