भिमाद
तनहुँ जिल्ला भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई २१ दिनभित्र निवेदन पेश गर्न सार्वजनिक सूचना जारी गरेको छ।

जलेको वा नष्ट भएका निवेदनको व्यवस्थापनका लागि पुनः आवेदन दिन आग्रह गरिएको हो।
समितिका अनुसार शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडा क्षेत्रमा जेन्जी  आन्दोलनका क्रममा आगजनीबाट नष्ट भएका निवेदन फाइलका सम्बन्धमा प्रभावित व्यक्तिले तोकिएको ढाँचाअनुसार फाराम भरी सम्बन्धित वडामा निवेदन बुझाउनुपर्नेछ।
सूचनाअनुसार २०८३ साउन १५ गतेदेखि २१ दिनभित्र सम्बन्धित वडामा निवेदन पेश गर्नुपर्नेछ। समितिले योग्य लाभग्राहीलाई जग्गा उपलब्ध गराउने प्रक्रियालाई सहज बनाउन समयमै आवेदन दिन सबै सरोकारवालालाई आग्रह गरेको छ।