भिमाद सञ्चार
तनहुँ २०८३ श्रावण १९
तनहुँ, — शुक्लागण्डकी नगरपालिका–खैरेनीटारस्थित मनिषा होटल नजिकबाट ग.११ प. ६९११ नम्बरको मोटरसाइकल चोरी भएको छ।

पीडित माधव अधिकारीका अनुसार साउन १६ गते राति करिब १:३० बजे आफ्नै निवासबाट मोटरसाइकल हराएको हो।
घटनापछि प्राप्त सीसीटीभी फुटेजमा एक व्यक्तिले मोटरसाइकल लग्दै गरेको दृश्य देखिएको भन्दै शंकास्पद व्यक्तिको पहिचान र मोटरसाइकल खोजीका लागि सर्वसाधारणसँग सहयोगको अपिल गरिएको छ।
उक्त व्यक्तिलाई कतै देखेमा वा घटनाबारे कुनै जानकारी भए ९८४६०९०२११ नम्बरमा सम्पर्क गरी जानकारी गराइदिन पीडित अधिकारीले अनुरोध गरेका छन्।










