भिमाद सञ्चार
तनहुँ २०८३ श्रावण २०
दमौली, तनहुँको व्यास नगरपालिका–२ अमरापुरी पानीघट्टा स्थित बुल्दीखोला किनारमा अचेत अवस्थामा भेटिएका एक पुरुषलाई प्रहरीले उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौली पठाएको छ।
बुधबार साँझ सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक दीपककुमार कार्कीको नेतृत्वमा खटिएको टोलीले करिब ४०–४२ वर्ष उमेरका जस्तो देखिने पुरुषलाई उद्धार गरी एम्बुलेन्समार्फत अस्पताल पुर्याएको हो।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार ती पुरुषको पहिचान अझै खुल्न सकेको छैन। उनको उपचार भइरहेको छ भने घटनाबारे थप अनुसन्धान र पहिचान खुलाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ।









