भिमाद सञ्चार

तनहुँ २०८३ श्रावण २१
काठमाडौं, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशासन कार्यालयमा प्रयोग हुने सेवा सम्बन्धी लिखित फारामलाई सरल, स्पष्ट र सहज बनाउन समिति गठन गरेको छ।
मन्त्रालयले सेवाग्राहीले अरूको सहयोग लिनुपर्ने बाध्यता हटाई आफ्नै प्रयासमा फाराम भर्न सक्ने वातावरण सिर्जना गर्ने उद्देश्यका साथ समिति गठन गरेको जनाएको छ।
समितिले हाल प्रयोगमा रहेका फारामहरूको समीक्षा गरी नागरिकमैत्री, बुझ्न सजिलो र व्यवहारिक ढाँचामा रूपान्तरण गर्न आवश्यक सुझाव तथा मापदण्ड तयार गर्ने अपेक्षा गरिएको छ।