भिमाद सञ्चार
तनहुँ २०८३श्रावण २१
काठमाडौं, । भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी व्यवस्थापनको कामलाई प्रभावकारी बनाउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई आवश्यक समन्वय र सहजीकरण गर्न आग्रह गरेको छ।

Screenshot
समितिका अनुसार जिल्लामा खटिएका प्रमुख प्रशासकीय अधिकृत नियमित रूपमा बैठकमा सहभागी हुन नसक्नु, स्थानीय तहमा भूमि शाखाका कर्मचारीको अभाव तथा लागत संकलन र प्रमाणीकरणको काममा ढिलाइ हुँदा समितिको काम अपेक्षित गतिमा अघि बढ्न सकेको छैन।
समितिका अध्यक्ष बलराम वलीले मन्त्रालयका सचिवलाई पत्र पठाउँदै सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई आवश्यक समन्वय, सहजीकरण र जिम्मेवारीसहित काम अघि बढाउन निर्देशन जारी गरिदिन अनुरोध गरेका छन्।











