भिमाद सञ्चार
तनहुँ २०८३ श्रावण २४
तनहुँको घिरिङ गाउँपालिका–३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयले SEE प्रमाणपत्र लिन अभिभावकले अनिवार्य सहयोगको नाममा विद्यार्थीबाट लिँदै आएको शुल्क घटाउने निर्णय गरेको छ।

विद्यालयले यसअघि लिँदै आएको रु. ११ हजार ५ सय शुल्क घटाएर रु. ४ हजार कायम गर्ने निर्णय गरेको हो।
स्थानीय अभिभावक तथा जनताको गुनासोलाई सम्बोधन गर्न गोपाल विकको नेतृत्वमा दिराम राना, चुन्नारायण श्रेष्ठ, सूर्यकुमार श्रेष्ठ, सुमनकुमार श्रेष्ठ, मिलन विक, दिलकुमार विक, रनबहादुर राना, रसबहादुर राना, मेखबहादुर आले, तिलक थापा र कोष बहादुर श्रेष्ठ लगायतको पहलमा छलफल भएको थियो।
स्थानीयवासी तथा विद्यालय व्यवस्थापन समिति सहितको सामूहिक बैठकपछि शुल्क घटाउने निर्णय गरिएको जनाइएको छ। चर्को शुल्कका कारण आफ्ना छोराछोरीको SEE प्रमाणपत्र लिनसमेत अभिभावकलाई आर्थिक कठिनाइ भएको गुनासो आएपछि शुल्क घटाइएको हो।









