भिमाद सञ्चार
तनहुँ २०८३ श्रावण ३१
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ खानीखोलामा ट्रक र मोटरसाइकल ठोक्किँदा २४ वर्षीय युवकको मृत्यु भएको छ।
शुक्रबार राति लु २ ख ४६८४ नम्बरको ट्रक र ग २४ प ८४९० नम्बरको मोटरसाइकल ठोक्किँदा आँबुखैरेनी–१ सत्रसय निवासी आर्यान पन्त गम्भीर घाइते भएका थिए। उनलाई आँबुखैरेनी अस्पताल हुँदै थप उपचारका लागि भरतपुरस्थित सीएमसी अस्पताल लगिएको थियो।
उपचारका क्रममा पन्तको सोही राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। प्रहरीले दुर्घटनामा संलग्न दुवै सवारीसाधन र ट्रक चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।









