भिमाद सञ्चार
तनहुँ ३०८३ श्रावण ३१
तनहुँ भिमाद । तनहुँमा प्रहरीले लागूऔषध गाँजा तथा विभिन्न प्रकारका औषधिसहित तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार व्यास नगरपालिका–९ स्थित चेकजाँचका क्रममा ५० ग्राम प्रतिबन्धित लागूऔषध गाँजासहित ३० र २२ वर्षीय दुई पुरुष पक्राउ परेका हुन्।
यस्तै, इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले शुक्लागण्डकी नगरपालिका–७ स्थित चेकजाँचका क्रममा स्याङ्जाको बिरुवा गाउँपालिका–४ बस्ने २२ वर्षीय पुरुषलाई प्रतिबन्धित लागूऔषध डाइजोपाम ४ एम्पुल, फेनरागन ४ एम्पुल र बुप्रेनोर्फिन ४ एम्पुलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनामाथि जिल्ला अदालत तनहुँबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिएका छन्।









