भिमाद सञ्चार
तनहुँ २०८३ भाद्र ०२
आँबुखैरेनी, तनहुँ । आँबुखैरेनी अस्पतालमा थप एक थान डायलासिस मेसिन जडान भएसँगै अब ६ वटा मेसिनबाट हेमोडायलासिस सेवा सञ्चालन भएको छ। नयाँ मेसिन थपिएपछि मिर्गौला रोगका बिरामीलाई स्थानीय तहमै सहज उपचारको सुविधा पुगेको छ।यसअघि डायलासिसका लागि चितवनलगायतका अस्पताल धाउनुपर्ने र समयमै पालो नपाउँदा बिरामीले समस्या भोग्नुपर्ने अवस्था थियो। सेवा विस्तारले बिरामीको उपचार खर्च तथा बाहिरी अस्पताल धाउनुपर्ने बाध्यता घट्ने गाउँपालिकाले जनाएको छ।
गाउँपालिका अध्यक्ष शुक्र चुमानले मिर्गौलाका बिरामीको समस्या समाधान गर्ने आफ्नो प्रतिबद्धताअनुसार सेवा विस्तार गर्न पाउँदा गौरव महसुस भएको बताउनुभयो। गण्डकी प्रदेश सरकारबाट प्राप्त थप मेसिन सञ्चालनमा आएपछि अस्पतालमा डायलासिस सेवा थप नियमित, सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ।









