भिमाद सञ्चार
तनहुँ २०८३ भाद्र ६
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ सेराटारमा खसेको सुख्खा पहिरो हटाएपछि दमौली–पोखरा सडकखण्डमा यातायात पुनः सञ्चालनमा आएको छ।
इलाका प्रहरी कार्यालय बेलचौताराको टोली र दुईवटा जेसीबीको सहयोगमा पहिरो हटाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डीएसपी द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो।
पहिरोका कारण रोकिएका सवारीसाधन अहिले गन्तव्यतर्फ लाग्न थालेका छन्। सडक खुलेसँगै यात्रुले राहत पाएका छन्।









