भिमाद सञ्चार

तनहुँ २०८३ भाद्र ७

पोखरा । जीवन विज्ञान कास्की नगरको आयोजना तथा गण्डकी प्रदेशको समन्वयमा आयोजित महत्वपूर्ण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमलाई भव्य, सभ्य र प्रभावकारी रूपमा सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णप्रति आयोजकले आभार व्यक्त गरेको छ।
कार्यक्रममा तालिम तथा कार्यक्रम सञ्चालनका लागि प्रदान गरिएको विश्वास, साथ र जिम्मेवारीले आगामी दिनमा थप सिर्जनशील तथा प्रभावकारी कार्यक्रम सञ्चालन गर्न प्रेरणा मिलेको बताइएको छ। कार्यक्रममा सहभागी तथा सहयोगीहरूको उत्साहजनक साथप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ।
आयोजकले आगामी दिनमा पनि व्यक्ति, परिवार, समाज र राष्ट्रमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। जीवन विज्ञानको अभियान ‘आफू बदलौँ, समाज बदलौँ, राष्ट्र बदलौँ’ भन्ने नारासहित अघि बढ्ने जनाइएको छ।