भिमाद सञ्चार
तनहुँ २०८३ भाद्र ८
तनहुँ । व्यास नगरपालिका–५ आसामघारीमा अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसारमा संलग्न दुईवटा ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँअन्तर्गत प्रहरी चौकी सिमाघाटबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा ट्रयाक्टर नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार मादी नदीबाट अवैध रूपमा बालुवा लोड गरी ल्याउँदै गरेका दुईवटा ट्रयाक्टरलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि व्यास नगरपालिकाको कार्यालय पठाइएको थियो।
नगरपालिकाले दुवै ट्रयाक्टरलाई जनही १२ हजार रुपैयाँका दरले जरिवाना गरेको छ। दुवै सवारी साधनबाट गरी कुल २४ हजार रुपैयाँ जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।









