भिमाद सञ्चार

तनहुँ २०८३ भाद्र ८
स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन्।
सोमबार साँझ करिब ५ः४५ बजे गल्याङबाट गल्याङ नगरपालिका–९ साङलियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको बोलेरो जिप उकालो घुम्तीमा चालकले नियन्त्रण गुमाउँदा सडकबाट दुर्घटनामा परेको हो। दुर्घटनाको खबर पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
मृतक दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। जिपमा कति जना सवार थिए भन्ने यकिन हुन बाँकी रहेको तथा मृतक र घाइतेको परिचयसमेत खुल्न सकेको छैन। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।