भिमाद सञ्चार

तनहुँ २०८३ भाद्र ९
काठमाडौं । गृह मन्त्रालयले मोहम्मद जयन्तीका अवसरमा नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको स्पष्ट पारेको छ।

मन्त्रालयले मंगलबार जारी गरेको सूचनामा मुस्लिम आयोगबाट प्राप्त जानकारीका आधारमा भदौ १० गते बुधबार मोहम्मद जयन्ती परेको जनाएको छ।
मन्त्रालयका अनुसार भदौ १० गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको हो। यसअघि नेपाल राजपत्रमा प्रकाशित सूचनामा मोहम्मद जयन्तीका दिन मुस्लिम धर्मावलम्बीलाई सार्वजनिक बिदा दिने व्यवस्था रहेकामा त्यसैअनुसार बिदा कायम गरिएको मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयले मोहम्मद जयन्तीको अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीमा हार्दिक शुभकामना व्यक्त गरेको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनाले बिदाबारे देखिएको अन्योलसमेत स्पष्ट पारेको छ।