भिमाद सञ्चार
तनहुँ २०८३ भाद्र १०
काठमाडौँ । रसुवामा आएको भीषण बाढी र पहिरोका कारण सडक अवरुद्ध भएपछि काठमाडौँबाट रसुवा, नुवाकोट, चितवन र धादिङतर्फ जाने लामो दूरीका सवारीसाधन रोकिएका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जोखिम न्यूनीकरणका लागि माइकिङ गर्दै सवारीसाधनलाई विभिन्न स्थानमा रोकिएको हो। रसुवाका विभिन्न क्षेत्रमा सडक अवरुद्ध भएसँगै यात्रा जोखिमपूर्ण बनेपछि प्रहरीले पूर्वसावधानी अपनाएको जनाएको छ।
सडकको अवस्था सामान्य नभएसम्म रसुवा राजमार्ग हुँदै जाने सवारीसाधनलाई नागढुङ्गा र बालाजु क्षेत्रमा नियन्त्रणमा राखिने प्रहरीले जनाएको छ। प्रहरीले यात्रु तथा चालकलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।










