भिमाद सञ्चार
तनहुँ २०८३ भाद्र १०
रसुवा । भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि त्रिशूली नदीको तटीय क्षेत्र तथा आसपासका नदी–खोलामा बाढीको जोखिम बढेको छ।

जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय रसुवाले पृथ्वी राजमार्गको पूर्वी खण्डमा यातायात सेवा बन्द गरेको जनाएको छ।
प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि उक्त सडकखण्डमा सवारीसाधन सञ्चालन नगर्न आग्रह गरेको छ। नदी तथा खोलामा पानीको बहाव उच्च रहेकाले यात्रु तथा चालकलाई सतर्क रहनसमेत प्रशासनले अनुरोध गरेको छ।
बाढीका कारण सडकमा थप जोखिम हुन सक्ने भन्दै अत्यावश्यकबाहेक यात्रा नगर्न र प्रशासनबाट जारी हुने सूचनालाई ध्यानपूर्वक पालना गर्न आग्रह गरिएको छ। प्रशासनले परिस्थितिको निरन्तर अनुगमन भइरहेको जनाएको छ।










