भिमाद सञ्चार

तनहुँ २०८३ भाद्र ११
तनहुँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ऋषिङ गाउँपालिकाले नेपाल सरकारको विपद् राहत कोषमा ५ लाख ३८ हजार रुपैयाँ सहयोग गर्ने भएको छ।
बाढीका कारण टिमुरे, स्याफ्रुबेँसी र रसुवागढीलगायत क्षेत्रमा ठूलो जनधन तथा भौतिक क्षति भएको छ। विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडितको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम उपलब्ध गराउन लागिएको गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले बताउनुभयो।
अध्यक्ष श्रेष्ठले विपद्को कठिन घडीमा स्थानीय सरकार पीडित नागरिकको साथमा रहेको बताउँदै गाउँपालिकाले आफ्नो तर्फबाट गर्न सकिने सहयोगका लागि पहल गरेको जानकारी दिनुभयो। बाढी प्रभावित क्षेत्रमा अहिले सरकार, सुरक्षा निकाय तथा विभिन्न संघसंस्थाले खोज, उद्धार र राहत कार्यलाई तीव्रता दिएका छन्।