भिमाद सञ्चार

तनहुँ २०८३ भाद्र ११
चितवन । बाढीपछि नदी किनारमा भेटिएका शवबाट कानमा लगाएको सुनको मुन्द्रा निकालेर लैजाने आरोपमा चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। उनीहरूलाई बिहीबार अपराह्न पक्राउ गरिएको हो।
भोटेकोसीमा आएको बाढीले बगाएर ल्याएका शव उद्धार गर्नुको सट्टा कानमा लगाएको सुनको मुन्द्रा निकालिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
पक्राउ परेका दुई जनाको परिचय प्रहरीले खुलाएको छैन। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर पौडेलले पक्राउको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।