भिमाद सञ्चार

तनहुँ २०८३ भाद्र ११
काठमाडौं । मेगाटेक हाइड्रो एण्ड इन्फ्रास्ट्रक्चर प्रा.लि.ले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ।


कम्पनीले विपद्का बेला प्रभावित नागरिकसँग हातेमालो गर्ने उद्देश्यले उक्त रकम सहयोग गरेको जनाएको छ। कम्पनीले विपद् प्रभावितको उद्धार, राहत र पुनर्निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले योगदान गरेको हो।
मेगाटेकले देश–विदेशमा रहेका नेपालीलाई समेत आफ्नो सामर्थ्यअनुसार विपद् पीडितका लागि सहयोग गर्न आह्वान गरेको छ। कम्पनीले मानवीय सहयोगमार्फत विपद्मा परेका नागरिकको पीडामा केही राहत पुगोस् भन्ने अपेक्षा व्यक्त गरेको छ।