भिमाद सञ्चार

तनहुँ २०८३ भाद्र ११
धादिङ जिल्ला प्रशासन कार्यालयले चीनको तिब्बतबाट नेपाल भित्रिने भोटेकोशी नदीमा आकस्मिक बाढी आउनसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ।

साथै, त्रिशूली नदीमा समेत अचानक बाढीको जोखिम बढ्न सक्ने भएकाले नदी किनारमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ।
प्रशासनले जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई तत्काल सुरक्षित ठाउँमा सर्न तथा विपद्जन्य घटना भएमा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र, स्थानीय जनप्रतिनिधि र नजिकको सुरक्षा निकायलाई यथाशीघ्र जानकारी गराउन आग्रह गरेको छ।
आपतकालीन अवस्थामा नेपाल प्रहरीको १००, सशस्त्र प्रहरीको १११४ वा जिल्ला आपतकालीन सञ्चालन केन्द्र (DEOC) १२३४ / ०१०–५२१९६४ मा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ। सूचना २०८३/०४/१९ गते राति १० बजे जारी गरिएको हो।