भिमाद सञ्चार
तनहुँ २०८३ भाद्र १४
तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले बाढीपहिरोका कारण सम्पर्कविहीन भएका व्यक्तिका आफन्तलाई तत्काल प्रहरीसँग सम्पर्क गर्न आग्रह गरेको छ। कार्यालयले साउन २० गतेको बाढीपहिरोपछि बेपत्ता तथा सम्पर्कविहीन व्यक्तिको विवरण सार्वजनिक गर्दै खोजी कार्यमा सहयोग गर्न अनुरोध गरेको हो।

प्रहरीका अनुसार सम्पर्कविहीन व्यक्तिका आफन्तले जिल्ला आपत्कालीन सञ्चालन केन्द्र (DEOC), जिल्ला प्रशासन कार्यालय वा जिल्ला प्रहरी कार्यालय तनहुँमा सम्पर्क गरी आवश्यक जानकारी दिन सक्नेछन्।
प्रहरीले तत्काल सम्पर्कका लागि DEOC: ०६५–५६९९६१, जिल्ला प्रशासन कार्यालय: ९८५६००११११/०६५–५६९३३३ तथा जिल्ला प्रहरी कार्यालय: ९८५६०९०१७८/९८५६०९०२९८ मा खबर गर्न आग्रह गरेको छ। कार्यालय प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले विपद्का कारण सम्पर्कविहीन भएकाहरूको खोजीमा सबैलाई सहयोग गर्न अपिल गरेका छन्।















