भिमाद सञ्चार
तनहुँ २०८३ भाद्र १४
धादिङको कृष्णभीरमा सडकको ठूलो हिस्सा भासिएपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। अविरल वर्षाका कारण सडक त्रिशूली नदीतर्फ भासिएपछि दुवैतर्फका सवारीसाधन रोकिएका छन्।
सडक पूर्ण रूपमा क्षतिग्रस्त भएकाले तत्काल एकतर्फी यातायातसमेत सञ्चालन गर्न नसकिने प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएपछि यात्रु तथा सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन्।
घटनास्थलमा सडक विभाग र प्रहरीको टोली पुगेको छ। प्रहरीले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा तत्काल यात्रा स्थगित गर्न आग्रह गरेको छ।















