भिमाद सञ्चार
तनहुँ २०८३ भाद्र १५
तनहुँको व्यास नगरपालिका–१३ का १७ वर्षीय सुलभ वैद्यको स्कुटर दुर्घटनामा परी मृत्यु भएको छ। सोमबार बिहान व्यास नगरपालिका–१ मा भएको दुर्घटनामा उनी गम्भीर घाइते भएका थिए।
दुर्घटनापछि वैद्यलाई दमौली अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि पोखरा रिफर गरिएको थियो। पोखरामा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।















