भिमाद सञ्चार

तनहुँ २०८३ भाद्र १५
तनहुँमा भोटेकोसी नदीको बाढीमा परी ज्यान गुमाएका तथा हालसम्म पहिचान हुन नसकेका १४ वटा शव व्यवस्थापन गरिएको छ।

शवलाई व्यास नगरपालिका–५ स्थित चैनपुर जंगल क्षेत्रमा व्यवस्थापन गरिएको हो।
आँबुखैरेनी र देवघाट गाउँपालिका क्षेत्रमा पर्ने त्रिशूली नदीमा फेला परेका ३७ शवमध्ये दमौली अस्पतालमा राखिएका १४ शवलाई व्यवस्थापन गरिएको जनाइएको छ।
पहिचान खुल्न नसकेका शवको आवश्यक प्रक्रिया पूरा गरी २०८३ भदौ १५ गते जंगल क्षेत्रमा व्यवस्थापन गरिएको हो। शवको पहिचान खुलेमा परिवारलाई हस्तान्तरण गर्न आवश्यक विवरण तथा डीएनए नमुना सुरक्षित राखिएको छ।