भिमाद सञ्चार
तनहुँ २०८३ भाद्र १६
नवलपुरको मध्यविन्दु नगरपालिका–१५ अन्तर्गत नारायणी नदीमा बाढीले बगाएर ल्याएको अवस्थामा फेला परेको एक शव हालसम्म पहिचान हुन सकेको छैन।
शवको सम्पूर्ण शरीर फेला परेको भए पनि अवस्था संवेदनशील भएकाले पहिचानका लागि मृतकको तस्बिर सार्वजनिक गर्न असहज भएको जनाइएको छ। त्यसैले मृतकको दायाँ हातमा रहेको ‘AG’ लेखिएको ट्याटुको तस्बिर मात्र सार्वजनिक गरिएको छ।
उक्त ट्याटुका आधारमा मृतकलाई चिन्नुहुने वा पहिचान गर्न सक्ने महानुभावहरूले ९७६६६२४०४० मा सम्पर्क गरी पहिचानमा सहयोग गरिदिन सम्बन्धित निकायले हार्दिक अनुरोध गरेको छ।














