भिमाद सञ्चार

तनहुँ २०८३ भाद्र १७
मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१५, भोर्लेका सुमन गोले केही महिनाअघि मात्रै रोजगारीका लागि रसुवा पुगेका थिए। श्रीमती र छोराको उज्ज्वल भविष्यका लागि काम गरिरहेका गोलेलाई बुधबार आएको भीषण बाढीले बगाएको थियो।


बाढीले बगाएर नवलपरासीको बर्दघाटस्थित भुतेघाट पुर्‍याएको अवस्थामा सुरक्षाकर्मी र स्थानीयको सहयोगमा उनको शव फेला पारिएको थियो। शवको पहिचान गर्न कठिन भइरहेका बेला सुमनले छातीमा खोपाएको श्रीमतीको तस्बिर अंकित ट्याटु पहिचानको महत्वपूर्ण आधार बनेको थियो।
सोही ट्याटुका आधारमा परिवारले शव सुमन गोलेको भएको सनाखत गरेका हुन्। सनाखतपछि शव अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाइएको छ। जीवनसाथीको तस्बिरलाई प्रेमको चिनो बनाएर छातीमा राखेका सुमनको पहिचान अन्ततः त्यही ट्याटुले गराइदियो।