भिमाद सञ्चार

तनहुँ २०८३ भाद्र १७
तनहुँ, भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन बनेका तनहुँका २४ जनामध्ये ९ जना परिवारको सम्पर्कमा आएका छन् भने १५ जना अझै बेपत्ता रहेका छन्। जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीका अनुसार बाढी प्रभावित क्षेत्रमा रोजगारी, व्यापार तथा घुमघामका क्रममा पुगेका तनहुँका नागरिकमध्ये ९ जना सुरक्षित रहेको पुष्टि भएको हो।
प्रशासनका अनुसार अझै बेपत्ता रहेका १५ जनामा भानु–१ का सञ्जीव गुरुङ, आँबुखैरेनी–३ का प्रेम सेढाईं, व्यास–६ की पूजा आचार्य, व्यास–५ का राहुल ढोडारी, व्यास–१ का दीक्षित मगर, राममाया देवकोटा, सागर देवकोटा र सुस्मिता कुँवर रहेका छन्। त्यस्तै शुक्लागण्डकी–१२ की बिनु गुरुङ, भानु–१० का सुजन नेपाली र असल नेपाली, व्यास–२ का प्रताप थापा मगर, व्यास–५ की कृति कुमाल, भानु–१ का सुरज तिमिल्सिना तथा भानु–१० का हरिप्रसाद सेढाईं अझै सम्पर्कविहीन छन्।
यसैगरी सम्पर्कमा आएका ९ जनामा ऋषिङ–७ का धनबहादुर आले, भिमाद–६ का नारायण मरासिनी, गणेश सुवेदी, बालकृष्ण पोख्रेल र सन्देश पोख्रेल, व्यास–४ का मोहन अधिकारी, भानु–१ का प्रनिसा थापा र प्रज्वल थापा तथा एक जना आफन्त रहेका छन्। बेपत्ता नागरिकको खोजी तथा उद्धारका लागि जिल्ला प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग निरन्तर समन्वय भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिनुभयो।