भिमाद सञ्चार

तनहुँ २०८३ भाद्र १७
रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको सहयोगका लागि जीवन विज्ञान परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २५ लाख सहयोग गरेको छ। जीवन विज्ञानका श्रद्धेय भानु गुरुदेवले अर्थमन्त्री स्वर्णीम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको हो।
जीवन विज्ञानले विपद्ले भौतिक क्षतिसँगै मानिसको मन, भावना र चेतनामा समेत गहिरो प्रभाव पार्ने भन्दै प्रभावित नागरिकको मनोबल, आत्मविश्वास र आन्तरिक शान्ति कायम गर्न मनोपरामर्श तथा स्वजागरणका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
जीवन विज्ञान परिवारले विपद्पीडितलाई सन्देश दिँदै भनेको छ— “तपाईंहरू एक्लै हुनुहुन्न। तपाईंको पीडामा जीवन विज्ञान साथमा छ। तपाईंको पुनःउत्थानमा हाम्रो सहकार्य रहनेछ।”