भिमाद सञ्चार

तनहुँ २०८३ भाद्र १८
तनहुँ  ।तनहुँमा प्रहरीले ठूलो परिमाणको लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँ मातहत प्रहरी चौकी डुम्रेबाट खटिएको टोलीले बन्दीपुर गाउँपालिका–४ ठूलढुङ्गास्थित पृथ्वी राजमार्गमा चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीमा लुकाइछिपाइ ल्याइएको १७ किलो १०५ ग्राम गाँजा प्रहरीले बरामद गरेको जनाएको छ।

पक्राउ पर्नेमा नवलपरासी (पूर्व) विनयी त्रिवेणी गाउँपालिका–२ का २७ वर्षीय पुरुष, काभ्रेपलाञ्चोक पनौती नगरपालिका–१ का ३२ वर्षीय पुरुष तथा कास्की पोखरा महानगरपालिका–२७ र २७ कै २३ र ३२ वर्षीय पुरुष रहेका छन्।
पक्राउ परेका चारै जनालाई तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। प्रहरीले लागूऔषध ओसारपसार तथा कारोबार नियन्त्रणका लागि निगरानी र चेकजाँचलाई थप कडाइ गरेको जनाएको छ।