भिमाद सञ्चार
तनहुँ २०८३ भाद्र १८
रसुवामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका क्रममा बेपत्ता भएका ६ जना नागरिकलाई नेपाली सेनाले जीवितै उद्धार गर्न सफल भएको छ।
बाढीपछि जलविद्युत् आयोजनाका सुरुङ तथा प्रभावित क्षेत्रमा जमेको लेदो र माटो पन्छाउँदै नेपाली सेनासहितको संयुक्त टोलीले खोजी तथा उद्धार कार्यलाई तीव्रता दिएको छ।
लाङटाङ हाइड्रोमा विदेशी प्राविधिकसहित २५ जनाको संयुक्त उद्धार टोली परिचालन गरिएको छ। टोली सुरुङभित्र करिब १५० मिटर प्रवेश गरी दुई स्थानमा साना प्वाल बनाएर भित्र फसेकाहरूको अवस्था पत्ता लगाउने प्रयासमा जुटेको छ।












