भिमाद सञ्चार

तनहुँ २०८३ भाद्र २१
रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र ६ जना फसेको सूचना प्राप्त भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं इन्जिनियर श्रीराम न्यौपानेले बताएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै न्यौपानेले घटनाबारे बुझ्न तथा उद्धार कार्यमा आवश्यक सहयोग र सुझाव दिन आफू घटनास्थलतर्फ जान लागेको बताएका हुन्।
सुरुङभित्रको वास्तविक अवस्था बुझेर आफ्नो अनुभव र प्राविधिक ज्ञान उद्धारमा कसरी उपयोग गर्न सकिन्छ भन्नेबारे आवश्यक सुझाव दिने उनको भनाइ छ। उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक सहयोग गर्न आफू तयार रहेको पनि न्यौपानेले बताएका छन्।