भिमाद सञ्चार
तनहुँ २०८३ भाद्र २२
भिमाद । भोटेकोशी बाढी तथा प्राकृतिक विपद्का कारण अकालमै ज्यान गुमाएका सम्पूर्णप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भिमाद नगर कार्यसमितिले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।
रास्वपा भिमाद नगर कार्यसमितिले राष्ट्रिय झण्डा र पार्टीको झण्डा आधा झुकाएर शोकसभा गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको हो। कार्यक्रममा विपद्का कारण ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गरिएको थियो।
रास्वपा भिमादले शोकको यस घडीमा पीडित परिवारसँग एकाकार रहेको जनाउँदै घाइते तथा विपद्बाट प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।











