भिमाद सञ्चार
तनहुँ २०८३ भाद्र २३
काठमाडौं उपत्यकासहित मध्य नेपालका विभिन्न क्षेत्रमा मंगलबार राति ९ बजेर ५३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ।
प्रारम्भिक विवरणअनुसार नेपाल–चीन सीमा क्षेत्र नजिक ४.६ म्याग्निच्युडको भूकम्प गएको बताइएको छ। यसको केन्द्रबिन्दु गण्डकी प्रदेशको मनाङबाट करिब ६१ किलोमिटर टाढा रहेको जनाइएको छ।
भूकम्पको कम्पन काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा समेत महसुस भए पनि **क्षतिको विवरण प्राप्त भइसकेको छैन












