भिमाद सञ्चार

तनहुँ २०८३ भाद्र ३१
भोटेकोशीको विनाशकारी बाढीका कारण पूर्णरूपमा बगेको तनहुँस्थित कृष्णभीर सडकखण्डमा नयाँ ट्रयाक निर्माण सम्पन्न भएको छ। सरकारले दिनरात नभनी काम गरेर छोटो समयमै सडक तयार पारेको जनाएको छ।


नयाँ ट्रयाक निर्माण सम्पन्न भएसँगै भोलिदेखि पृथ्वी राजमार्ग सञ्चालनमा आउने जनाइएको छ। सडक सञ्चालनमा आएपछि पोखरा–काठमाडौं आवतजावत सहज हुने अपेक्षा गरिएको छ।
बाढीबाट क्षतिग्रस्त सडक पुनः सञ्चालनमा ल्याउन तीव्र गतिमा गरिएको कामले यात्रु तथा सर्वसाधारणलाई राहत पुग्ने भएको छ।