भिमाद सञ्चार

तनहुँ २०८३ भाद्र ३१

तनहुँ ।तनहुँको देवघाट गाउँपालिका–१ का १० जना भूमिहीन सुकुम्बासीले जग्गाधनी पुर्जा प्राप्त गरेका छन्।

भूमि समस्या समाधान समिति तनहुँले आवश्यक सबै प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गाधनी पुर्जा वितरण गरेको हो। पुर्जा प्राप्त गरेसँगै लामो समयदेखि भूमिहीनका रूपमा रहेका उनीहरू जग्गाधनी बन्न सफल भएका छन्।

पुर्जा वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी, देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापा लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।