भिमाद सञ्चार
तनहुँ २०८३ असोज ७, अमृत परियार
भिमाद । तनहुँको भिमादमा नेपाली कांग्रेसको दोस्रो नगर अधिवेशनबाट अरविन श्रेष्ठ नगर सभापतिमा निर्विरोध चयन भएका छन्।
अधिवेशनबाट महिला उपसभापतिमा याममाया थापा र पुरुष उपसभापतिमा चन्द्रप्रकाश सुवेदी चयन भएका छन्। यस्तै सचिवमा गणेशप्रसाद गैह्रे र सहसचिवमा सन्तराम थापा चयन भएका छन्। कोषाध्यक्ष भने पछि मनोनित गरिने नेपाली कांग्रेस भिमादले जनाएको छ।

नगर कार्यसमिति सदस्यमा सुमन रतन, बर्कट अलि मियाँ, काशीका राना, सूर्यबहादुर विश्वकर्मा र सावित्री विक चयन भएका छन्। यस्तै जिल्ला सदस्यमा माधव लम्साल र रोमाया थापा चयन भएका छन्।
वडागत प्रतिनिधित्व हुने नगर कार्यसमिति सदस्यमा कविता लम्साल, अहमद करिम मियाँ, गुञ्जबहादुर थापा, ओमकला थापा, ओमबहादुर सिंह, रचना शर्मा, उदयकृष्ण गैह्रे, पुनम श्रेष्ठ, होमनाथ कँडेल, आरती थापा, गोपाल सुनार, देवी खनाल, शुकबहादुर कुँवर, ध्रुवप्रसाद मल्ल र सविता थापा चयन भएका छन्।
निर्वाचन समिति संयोजक केशवराज काफ्लेका अनुसार नगर कार्यसमितिमा थप ९ जना सदस्य मनोनित गर्न बाँकी रहेको छ।
नवनिर्वाचित कार्यसमितिलाई नेपाली कांग्रेस तनहुँका सभापति जीतप्रकाश आले, जिल्ला सहसचिव मिलन आले तथा नेपाली कांग्रेस तनहुँ क्षेत्र नं. २ का सभापति चुडामणि खनालले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।
अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले पार्टी संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउँदै आगामी दिनमा पार्टीका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।









