सरकारले ४० वर्ष उमेर नाघेका सबै नागरिकको पिसाब जाँच गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा कृष्ण पौड्यालले यस्तो बताएका हुन् ।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बुधबार बोल्दै उनले मिर्गौला रोगबाट जोगाउन पूर्वसुरक्षाका लागि यो अभियान सुरु गर्न लागिएको बताए।

देशका प्रत्येक वडामा पुगेर पिसाब जाँच गर्ने तयारी रहेको उनको भनाइ छ। उनले ४० वर्षमाथिका देशभरका नागरिकको पिसाब जाँच गर्न प्रतिव्यक्ति ५० रूपैयाँका दरले ३२ करोड ६८ लाख ६६ हजार ४ सय ५० रुपैयाँ लाग्ने जानकारी दिए।