चीनले नेपाललाई थप १ लाख डोज कोभिड–१९ विरुद्धको खोप सहयोग गरेको छ ।

रेडक्रस सोसाइटी अफ चाइनाले १ लाख डोज खोप भेरोसेल खोप नेपाल रेडक्रस सोसाइटीलाई सहयोगस्वरूप उपलब्ध गराएको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिइन् ।

चीनले क्याथे प्यासिफिकको विमानमार्फत १ लाख डोज खोप नेपाल पठाएको हो । खोप लिएर आएको बिमान शुक्रबार बेलुका त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएको राजदूत यान्छीले ट्विटरमार्पत जानकारी दिएकी ५िन् ।