२५औं एसियाली टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रबार कतारको दोहा प्रस्थान गर्दैछ ।

सेप्टेम्बर २५ देखि अक्टोबर ५ तारिखसम्म हुने प्रतियोगिताको पुरुषतर्फ श्यान्टु श्रेष्ठ, विनेश खनियाँ र अमरलाल मल्ल सहभागी हुनेछन् । महिलातर्फ एलिना महर्जन, सिक्का सुवाल र इभाना थापा सहभागी हुने अखिल नेपाल टेबलटेनिस संघले जनाएको छ ।

 

खेलाडीले विभिन्न ७ स्पर्धामा सहभागिता जनाउनेछन् । टोली नेतामा टेबलटेनिस संघका केन्द्रीय अध्यक्ष चतुरानन्दराज वैद्य, प्रशिक्षकमा मुख्य प्रशिक्षक सञ्जीव ढुंगेल र शंकर गौतम तथा निर्णायकमा तेजेन्द्रसिंह महरा छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।