२६फाल्गुन घिरिङ्ग, अन्जान परियार।
घिरिङ्ग गाउपालिकामा पाँचौँ अध्यक्ष कप २०७८ खेलकुद प्रतियोगिता गाउपालिकाको प्राङ्गण पोखरिछापमा बिहीवार प्रतिनिधि सभा सदस्य केदार सिक्देल बाट समुद्घघाटन भएको छ।
” खेलकुद अनुशासन र राष्ट्रभक्ती समृद्ध घिरिङ्गका लागि स्वस्थ जनशक्ति” ” नेपालको राष्ट्रिय खेल भलिबल” भन्ने मुल नाराका साथ आयोजना गरेको कार्यक्रम फाल्गुन २६ देखि ३० गते सम्म रहने खेलकुद समिती घिरिङ्गका अध्यक्ष राजकुमार थापाले बताउनु भएको छ।

कार्यक्रमका प्रमुख अतिथि सिक्देलले रेफ्री लाई बल हस्तान्तरण गरि कार्यक्रम समुद्घघाटन गर्नुभएको हो। सरकारले स्थानीय तहमा खेलकुद विशेष बजेट बिनियोजन गरि यस्ता कार्यक्रम गर्दा स्थानिय खेलाडिहरुमा स्तर वृद्धि हुने भएकोले पछिल्लो समय नेपाली खेलाडिहरुको अन्तर्राष्ट्रिय स्तरमा पहुँच पुगेको उहाँले बताउनु भएको थियो।
साथै उहाँले घिरिङ्ग समृद्धिका कुरा जोड्दै घिरिङ्गमा खानेपानी , बिधुत र शिक्षामा राम्रो बिकास भएको छ, मोटरमार्गको हकमा अबरोधका बिच पनि मानपुर देखि गाउपालिका सम्म तिब्र रुपमा काम भैरहेको छ भने गाइघाट गल्याङ राजमार्ग अन्तर्गत मानपुर देखि बैडी हुँदै स्याङ्जाको मोहोमी जोड्ने बाटो कालोपत्रेको लागि संघिय सरकार बाट (४० )चालीस करोड बजेट बिनियोजन भएको बताउनु भएको थियो।

कार्यक्रममा घिरिङ्ग गाउपालिका अध्यक्ष रन बहादुर राना, उपाध्यक्ष सरस्वती सिक्देल, नेकपा एमाले प्रदेश कमिटि सदस्य होम बहादुर थापा, नेकपा एमाले जिल्ला कमिटी सचिब राजेस्वर ढकाल, वडा अध्यक्ष हरु पुर्ण थापा र रण बहादुर गुरुङ्ग नेकपा एमाले जिल्ला कमिटी सदस्य इन्द्र बहादुर थापा, खेलकुद महासंघ प्रदेश सदस्य नर बहादुर थापा माओबादी केन्द्रका नेता जनक राना लगायत ब्यक्तिहरुले बोलेका थिए। भने विभिन्न संघसंस्थाका प्रतिनिधी, संचारकर्मी, सुरक्षाकर्मी सहित खेलाडी तथा खेलकुद प्रेमी हरुको उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत मन्तब्य बिनोद थापाले र सन्चालन गोपाल बिकले गर्नु भएको थियो।

खेलकुद प्रतियोगितामा पुरुष तर्फ १० दस टिम , महिला तर्फ १०टिम र ३५ बर्ष माथिका भेट्रान्स ५ पाँच टिम गरि जम्मा २५ पच्चीस टिम दर्ता भएको छ। प्रतियोगितामा प्रथम हुने समूहलाई ६००००/ साठी हजार , द्दितिय ४००००/चालीस हजार र तिर्तिय लाई २००००/ बीस हजार पुरस्कार रहेको छ। यसैगरी भेट्रान्स समुहका बिजेता प्रथम पुरस्कार ८०००/ आठ हजार र द्दितिय ४०००/ चार हजार रहेको घिरिङ्ग गाउपालिका खेलकुद प्रशिक्षक सुर्य थापाले जानकारी गराउनु भएको हो। साथै उत्कृष्ट खेलाडी लाई पनि विशेष पुरस्कारको ब्यवस्था पनि रहेको बताउनु भएको हो।