काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज बस्दैछ । शुक्रबार नेताहरुको कार्य व्यस्तताका कारण बस्न नसकेको बैठक आजका लागि सारिएको थियो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजेका लागि बोलाइएको छ ।

सीट बाँडफाँटका लागि गठन भएको कार्यदलले गठबन्धनका शीर्ष नेतालाई आफ्नो प्रतिवेदन बुझाइसकेको छ । बैठकबाट शीर्ष नेताले सिट बाँडफाँट गरी टुंगो लगाउने बताइएको छ ।

गठबन्धनमा नेपाली कांग्रेसले १००, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिट दाबी गरेका थिए। बालुवाटारमा पटकपटक बस्दै आएको बैठकमा छलफल सकारात्मक चलिरहे पनि दलका नेताहरु आआफ्नो अडानमा अडिग रहँदा टुंगो लाग्न भने बाँकी छ ।