भिमद सञ्चार
तनहुँ २०८० पौष १८ बुधबार
भिमाद । भीमाद नगरपालिका–५ मिर्छुलुङका ६५ बर्षीय मनहर्ष रानाको बुधबार रुखबाट लडेर मृत्यु भएको छ ।
आफ्नै बारीमा दाउरा काट्ने क्रममा चिलाउने रुखबाट लडेर रानाको मृत्यु भएको हो ।
लडेर सख्त घाइते भएका उनको भीमाद स्वास्थ्य चौकीमा ल्याई उपचार गराउने क्रममा मृत्यु भएको तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।