भिमाद सञ्चार

तनहुँ २०८० पौष १६ सोमबार
काठमाडौ ।नेपाल फर्निचर तथा फर्निशिङ्ग ब्यावासायी महासंघ अधिबेशन
नवौं साधारण सभा तथा पाचौं अधिबेशन सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख आतिथ्यता नेपाल सरकारको अर्थ मन्त्री डा. प्रकाश शरण महतले गर्नु भएको थियो ।

महासचिव ओम बस्नेत द्वारा संचालित कार्यक्रममा डा. महतले देशमै रहेका काष्ठजन्य उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताउनु भएको छ । उहाले आउने बर्षमा हरेक सरकारी कार्यलयलाई नेपालमै उत्पादित फर्निचरलाई मात्र खरिद गर्ने ब्यबस्था मिलाउने पहल गर्ने बताउनु भयो । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवालले मन्तव्य राख्नु भएको थियो ।

 

महासघले अधिबेशनबाट युवराज पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । जसको वरिष्ठ उपाध्यक्ष ओम बस्नेत, प्रथम उपाध्यक्ष गोकुल श्रेष्ठ, द्वितीयत उपाध्यक्ष खगेन्द्र खरेल, द्वितीयत उपाध्यक्ष ज्ञान बहादुर नेपाली, महासचिव रमिण गैह्रे,कोषाध्यक्ष बद्री हुमागाई, सचिब अशोक कुवर, सह-कोषाध्यक्ष प्रदीप श्रेष्ठ रहनु भएको छ ।

यसै गरि सदस्यमा अजय धिराइय, पदमराज पौडेल, ओम प्रकाश लेहिय, लक्ष्मीराज वाग्ले, कमल पाण्डे, आशिष जोशी, कृष्ण प्रसाद न्यौपाने, युवक बहादुर बस्नेत, रुद्र बहादुर खड्का, प्रेमराज बर्सौल चयन हुनुभएको छ ।