काठमाडौं संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। 

बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ।

मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ।

बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र सहरी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ ।