नेपाली कांग्रेसले गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुल आचार्यलाई समर्थन गर्ने भएको छ ।

बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको कांग्रेस नेताहरुको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले यसबारे नेताहरुसँग छलफल गरेका थिए ।

‘जनसम्पर्क समितिहरुले कुल आचार्यलाई समर्थन गरेका छन् । पार्टीले पनि जनससम्पर्क समितिले समर्थन गरेकै उम्मेदवारलाई अगाडि बढाउ भन्ने भएको छ,’ कांग्रेसका एक नेताले बताए ।

उनका अनुसार शीर्ष नेताहरुको सहमति लिएका महामन्त्री पूर्णबहादुर खड्काले थप प्रक्रिया अगाडि बढाउनेछन् ।

एनआरएनएको दशौं विश्व सम्मेलन आउँदो कात्तिकको ३ देखि हुने तय भएको छ । नयाँ नेतृत्वका लागि कुल आचार्य, रविना थापा र डा. बद्री केसीले अध्यक्षमा दावी गरेका छन् ।