आगलागीबाट क्षतिग्रस्त भएपछि बन्द भएको नेविको प्रा.लि पुनः सञ्चालनमा आएको छ। कम्पनीले बिहीबार पत्रकार सम्मेलन गर्दै पुनः सञ्चालनमा आएको जनाएको छ।
नेबिको प्रा.लि. नेपालको पहिलो बिस्कुट तथा कन्फेक्सनरी उत्पादन गर्ने कम्पनी हो । सन १९६४ देखि नेपाली बजारमा आफ्नो वेग्लै पहिचान बनाउन सफल भएको नेबिको नेपालको हरेक कुना काप्चामा आफ्नो उत्पादनहरु उपलव्ध छन् । बिस्कुट, कुकिज, कन्फेक्सनरीज र Breakfast cereals गरि अहिले कम्पनीले ४ वटा युनिटहरु संचालन गरिरहेको छ।

२०७८ साल श्रावण २३ गते शनिवार विहान भएको भीषण आगलागीले नेबिकोलाई पुर्ण क्षतिको अवस्थामा पुर्याएको थियो । अकल्पनीय भौतिक क्षति भएता पनि आगलागीमा कुनै पनि मानविय क्षति भने भएन।

करिब ४४ दिन पछि सुरु भएको उत्पादन, पहिलाको उत्पादन क्षमताको ६० देखि ७० प्रतिशत हुन आउँछ । केही महिना पश्चात पहिलाको भन्दा पनि क्षमता निकै नै वृद्धि गरेर बजारमा अझ शक्तिशाली भएर आउने निर्देशक राजेश राैनियारले जानकारी दिए।

यस्तो विषम परिस्थितिवाट कसरी माथि उठ्ने भन्ने अन्यौलका वीच कहिल्यै पनि विचलित नभई काममा केन्द्रित भई रहेको र कसरी छिटाे संचालन गर्न सकिन्छ भन्नेम केन्द्रीत रहेको थियो।

नेबिकोले फेरि वजारमा पुरानै स्वरुपमा फर्कने र केही दिन पश्चात हाम्रा उत्पादनहरु बजारमा सर्वत्र उपलव्ध हुने र अब पहिला भन्दा अझ परिस्कृत ढंगले बजारमा आउने प्रतिवद्धता समेत जनाएको छ।

कार्यक्रममा नेविको प्रालिका प्रमुख कार्यकारी अधिकृत केशब भट्टराई, बजार प्रमुख अरुण पौडेल लगायतले नेविकाेलाइ पूर्ववत अवस्थामा फर्काउने प्रतिबद्धता व्यक्त गरेका थिए ।