काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४७६ नयाँ संक्रमित थपिँदा १५५० जना संक्रमणमुक्त भएका छन।

१० हजार ५ सय ७५ पीसीआर परीक्षण गर्दा १ हजार १०३ जना र ५ हजार ११५ एन्टिजेन परीक्षण गर्दा ३ सय ७३ जना गरि सो संख्यामा नयाँ सकंमित थपिएको मन्त्रालयले जनाएको छ।